जिम्बाबे क्रिकेटमा कोरोना कहर, दुई खेलाडी संक्रमित

डिसी नेपाल
७ कार्तिक २०७७ १३:११
72
Shares

काठमाडौं । जिम्बाबेका दुई क्रिकेट खेलाडी रेजिस चकवा र टिमिकेन मरुमा कोरोना संक्रमित भएका छन । उनीहरुलाई पाकिस्तानमा हुने सिरीजका लागि स्ट्यान्डबाइ राखिएको थियो । यी दुबै खेलाडी पाकिस्तान बिरुद्वको सिरीजका लागी २५ सदस्य टोलीमा परेपनि अन्तिम २० मा अटाउन सकेका थिएनन ।

जिम्बाबे क्रिकेटले जारी गरेको बयानमा दुई खेलाडी रेजिस चकवा र टिमिकेन मरुमालाई कोरोना पोजेटिभ देखिएको र हाल उनीहरु आईसोलेसनमा रहेको जनाएको छ । जिम्बाबे क्रिकेटले ती खेलाडीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । जिम्बाबे क्रिकेटका अनुसार संक्रमित र प्रभावित व्यक्तिलाई सहयोग पुर्‍याउनका लागि जिम्बाबे क्रिकेटले सुविधाहरू र स्टाफ सम्बन्धी सरकार र जनस्वास्थ्य निर्देशिकाहरूको अनुसरण गर्न जारी राख्नेछ साथै कोरोनो भाइरसको संक्रमण रोक्न थप कदम पनि चाल्ने जनाएको छ। खेलाडीहरूले अब क्वारेन्टाईन अवधि समाप्त भएपछि अक्टुबर २७ मा अर्को कोरोना भाइरसको टेस्ट गर्नुपर्नेछ। जिम्बावेको टीमले पाकिस्तानमा ३ एकदिवसीय र टी २० खेलहरू खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *