हैदराबादद्वारा राजस्थान आठ विकेटले पराजित

डिसी नेपाल
७ कार्तिक २०७७ १३:५२

काठमाडौं । आईपीएल २०२० को ४० औं खेलमा हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको खेलमा हैदराबादका मनिष पाण्डे र विजय शंकरले शानदार प्रदर्शन गरे। पाण्डे ८३ रनमा अविजित रहँदा शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे । यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितसँगै १० खेलमा ८ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा उक्लेको छ। ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *