फुटबलर क्रिष्ट्रियानो रोनाल्डोको कोरोना रिपोर्ट पुनः पोजेटिभ

डिसी नेपाल
७ कार्तिक २०७७ १६:४९

काठमाडौं । स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोको कोरोना रिपोर्ट पुनः पोजेटिभ आएको छ । यसअघि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको पोर्चुुगल फुटबल फेडेरेशनले जनाएको थियो । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन् र रोनाल्डोको स्वास्थ्य अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको छैन ।

परीक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन् । युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोनासँग आगामी बुधबार खेल्दैछ । यूईएफएको नियम अनुसार कोरोना संक्रमित खेलाडीको रिपोर्ट खेल भन्दा एक हप्ता अघि नेगेटिभ हुनु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *