बार्सिलोना र युभेन्टसको खेलमा मेस्सी र रोनाल्डो आमनेसामने नहुने

डिसी नेपाल
१२ कार्तिक २०७७ २१:२६
128
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बिहीवार बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछ । यो खेललाई मेस्सी भर्सेस रोनाल्डोको खेलका रुपमा समेत हेरिएको छ । खेल युभेन्टसको घरेलु मैदान आलियान्ज स्टेडियममा नेपाली समय अनुसार बिहान १.४५ मा सुरु हुनेछ ।

बिहीवार हुने खेलमा मेस्सी र रोनाल्डो आमनेसामने नहुने भएका छन । रोनाल्डोको कोरोना परीक्षण पुनः पोजेटिभ आएकोले उनी बार्सिलोना बिरुद्वको खेलमा नखेल्ने भएका छन । कोरोना संक्रमित रोनाल्डो हाल आइसोलेसनमा रहेका छन । बार्सिलोना र युभेन्टस १४ औं पटक एक आपसमा भिडदै छन । यस अघि युभेन्टसले घरेलु मैदानमा बार्सिलोना बिरुद्वको ६ खेलमा अपराजित रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.