एक करोड हुण्डीसहित ३ जना पक्राउ
फाईल तस्बिर
काठमाडौँ। प्रहरीले तीन जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले एक करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको हो।
सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो। उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ।
पौडेलचाहिँ मित्तलका सहयोगी हुन्। ब्युरोका डीआईजी थापाका अनुसार मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ। उनीहरुको सो रकमको कुनै पनि स्रोत उल्लेख गर्न सकेका छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment