आईपीएल उपाधि जित्न असफल भएपछि खेलाडीहरुलाई गेलको भावुक सन्देश

डिसी नेपाल
२३ कार्तिक २०७७ १२:४७
1.7k
Shares

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उपाधि जित्न असफल भएपछि किंग्स ईलेवन पञ्जाबका खेलाडी क्रिस गेलले टोलीका साथीहरुलाई ट्विटर मार्फत एक भावुक सन्देश दिएका छन । ट्विटरमा पोस्ट गरिएको भिडियोमा उनले पञ्जाब टोलीका साथीहरुलाई हौसला बढाउदै टोलीले यसपटक आईपीएलमा राम्रो गर्न नसकेको कारण प्लेअफमा स्थान बनाउन नसकेको बताए । टोलीले आईपीएल २०२० मा १२ अंकका साथ छैठौं नम्बरमा रहदै आफ्नो आईपीएल यात्रा अन्त्य गरेको छ ।

पञ्जाबले ट्विटरमा पोस्ट गरेको भिडियोमा गेलले भनेका छन, “मेरो लागि यो आईपीएलमा दुखःद अन्त्य हो, तर तपाईं आफैंमा आईपीएललाई छोडन सक्नुहुन्न । यो क्रिकेटको बानि हो र वास्तवमा यसले तपाईलाई जिवनको बारेमा सिकाउँछ। क्रिकेटले जिवनको बारेमा बताउँछ र सिकाउँछ साथैं यसले जिन्दगीको उतार चढाव पनि वर्णन गर्दछ, तपाईंलाई थाहा छ होला यो एउटा खेल हो। मलाई सहयोग गरेकोमा प्रत्येक व्यक्तिलाई धन्यबाद दिन चाहन्छु ।” पञ्जाबका कप्तान केएल राहुलले टोलीको प्रदर्शन प्रति गर्व गरेको बताए । उनले भने, “हामीले जुन तरिकाले खेलेका छौं त्यसमा हामीलाई गर्व छ। हामी अर्को वर्ष कडा तयारीका साथ पुनः आगमन गर्नेछौं र केही खुशीका क्षणहरू दिनेछौं। यो बर्ष गाह्रो भयो। आईपीएलमा यस्तै हुन्छ तर अर्को बर्ष हामी कडा तयारीका साथ आउने छौं ।”

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.