आईपीएल उपाधि जित्न असफल भएपछि खेलाडीहरुलाई गेलको भावुक सन्देश
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उपाधि जित्न असफल भएपछि किंग्स ईलेवन पञ्जाबका खेलाडी क्रिस गेलले टोलीका साथीहरुलाई ट्विटर मार्फत एक भावुक सन्देश दिएका छन । ट्विटरमा पोस्ट गरिएको भिडियोमा उनले पञ्जाब टोलीका साथीहरुलाई हौसला बढाउदै टोलीले यसपटक आईपीएलमा राम्रो गर्न नसकेको कारण प्लेअफमा स्थान बनाउन नसकेको बताए । टोलीले आईपीएल २०२० मा १२ अंकका साथ छैठौं नम्बरमा रहदै आफ्नो आईपीएल यात्रा अन्त्य गरेको छ ।
पञ्जाबले ट्विटरमा पोस्ट गरेको भिडियोमा गेलले भनेका छन, “मेरो लागि यो आईपीएलमा दुखःद अन्त्य हो, तर तपाईं आफैंमा आईपीएललाई छोडन सक्नुहुन्न । यो क्रिकेटको बानि हो र वास्तवमा यसले तपाईलाई जिवनको बारेमा सिकाउँछ। क्रिकेटले जिवनको बारेमा बताउँछ र सिकाउँछ साथैं यसले जिन्दगीको उतार चढाव पनि वर्णन गर्दछ, तपाईंलाई थाहा छ होला यो एउटा खेल हो। मलाई सहयोग गरेकोमा प्रत्येक व्यक्तिलाई धन्यबाद दिन चाहन्छु ।” पञ्जाबका कप्तान केएल राहुलले टोलीको प्रदर्शन प्रति गर्व गरेको बताए । उनले भने, “हामीले जुन तरिकाले खेलेका छौं त्यसमा हामीलाई गर्व छ। हामी अर्को वर्ष कडा तयारीका साथ पुनः आगमन गर्नेछौं र केही खुशीका क्षणहरू दिनेछौं। यो बर्ष गाह्रो भयो। आईपीएलमा यस्तै हुन्छ तर अर्को बर्ष हामी कडा तयारीका साथ आउने छौं ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment