स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँ सहित १ जना पक्राउ

डिसी नेपाल
२४ कार्तिक २०७७ १३:१६
96
Shares

पर्सा । स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ। सोमबार वीरगंज महानगरपालिका ८ माईस्थानचोकबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भारत रक्सौल पूर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्ण कुमार जैनलाई दिउँसो प्रहरीले स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।

रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *