बन्दना राणा राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा निर्वाचित

डिसी नेपाल
२५ कार्तिक २०७७ १:१५
128
Shares

काठमाडौं। नेपालकी बन्दना राणा दोस्रो कार्यकालका लागि महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी सँयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित भएकी छन्। सोमबार राती भएको चुनावमा उनी निर्वाचित भएकी हुन्। हाल सो समितिकी उपाध्यक्ष रहेकी राणाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी थिइन्।

राणाले १८९ मत मध्ये १३७ मत प्राप्त गरेको जानकारी दिइन्.। उनी निर्वाचित हुने ११ जना सदस्य मध्ये तेस्रो नम्बरमा रहेर निर्वाचित भएकी हुन्। यसअघि ४ वर्ष पहिला उनी १०६ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर विजयी भएकी थिइन्।

११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो। निर्वाचित भइसकेकी छोटो प्रतिक्रिया दिँदै राणाले दोस्रो कार्यकालमा अझै आफूले मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने बताइन्। उनले पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल अझै सफल हुने विश्वास व्यक्त गरिन्। राष्ट्रसंघीय समितिको उच्च पदमा

पुग्ने उनी पहिलो नेपाली समेत हुन्। अब ११ जना मध्येबाट पदाधिकारीको निर्वाचन हुनेछ।

दक्षिण एशियाबाट एकमात्र उम्मेदवार रहेकी राणाले सबै दक्षिण एशियाली मुलुकको मत प्राप्त गरेकी थिइन्। एशियाबाट सो समितिमा ४ जना निर्वाचित भएका छन्। चीन, लेबनान र फिलिपिन्ससमेत सो समितिको सदस्यमा निर्वाचित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *