पाकिस्तानी कप्तान बाबर आजमले बिहेको प्रलोभन देखाएर १० वर्ष यौनशोषण गरेको आरोप

डिसी नेपाल
१४ मंसिर २०७७ १४:२६

काठमाडौं। न्यूजिल्याण्डविरुद्ध सिरिज खेल्नको लागि न्यूजिल्याण्ड गएको पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजममाथि गम्भीर आरोप लागेको छ । बाबरले आफूलाई बिहेको प्रलोभन देखाएर १० वर्षसम्म यौनशोषण गरेको एक महिलाले आरोप लगाएकी छिन् । ती महिलाले बाबरले आफूलाई यो अवधिमा गर्भवती समेत बनाएको आरोप लगाएकी छिन् ।

महिलाले एक पत्रकार सम्मेलनको आयोजना गरी बाबरमाथि आरोप लगाएकी हुन् । महिलाको पहिचान खुलाइएको छैन । उनको पत्रकार सम्मेलनको भिडियो पत्रकार साज सादिकले ट्वीटरमा शेयर गरेका छन् । महिलाका अनुसार बाबर र उनी सानैदेखि परिचित थिए । स्कुलदेखिका साथी बाबरले उनलाई २०१० मा प्रपोज गरेका थिए । अहिलेसम्म यस विषयमा पाकिस्तान क्रिकेट बोर्डले कुनै प्रतिक्रिया दिएको छैन । बाबरसहित पूरै पाकिस्तानी टिम अहिले न्यूजिल्याण्डमा छन् र उनीहरु १४ दिनको क्वारेन्टाइन अवधिमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *