प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन्।
विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण उनी नआएको उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।
नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उनी उपस्थित भएको प्रतिक्रिया दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment