ईरानले आफ्ना परमाणु वैज्ञानिकको हत्याको बदला कसरी लिन सक्छ ?

डिसी नेपाल
१७ मंसिर २०७७ २२:१७

तेहरान (बीबीसी)। ईरानको राजधानी तेहरानको बाहिरी सडकमा शुक्रबार एक रहस्यमयी आक्रमणमा देशका मुख्य परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भयो। सोमबार पूरा सैन्य सम्मानका साथ उनको राजकीय अन्तिम संस्कार गरियो।

हालसम्म कुनै मुलुक वा चरमपन्थी संगठनले यो आक्रमणको कुनै जिम्मेवारी लिएका छैनन्। तर ईरानी नेताहरुले यो हत्यामा इजरायलको संलगन्ता रहेको आरोप लगाइरहेका छन् र बदला लिने बताइरहेका छन्।

अब प्रश्न उठ्छ ईरानले कुन किसिमबाट बदला लिन सक्छ? उसँग केके विकल्पहरु छन्? र के के बाधा छन्?

पहिलो विकल्पः के ईरानले परमाणु कार्यक्रमलाई तिब्रता देला ?

ईरानले पहिला नै आफ्नो प्रराम्भिक प्रतिक्रिया दिइसकेको छ। यो आक्रमणको ७२ घण्टा भित्र ईरानको संसदले आफ्नो सिभिल न्यूक्लियर प्रोग्रामलाई तिब्रता दिने प्रस्तावलाई पारित गरेको छ। यसको अर्थ हो, ईरानले जेसीपीओए परमाणु सम्झौताको उल्लंघन गर्दै यूरेनियम सम्वद्र्धनको स्तर बढाउने छ। जेसीपीओए सम्झौताबाट अमेरिका २०१८ मा अलग भएको थियो।

फखरीजादेह मात्र एक मुख्य परणमु वैज्ञानिक थिएनन्, ईरानको रक्षा प्रतिष्ठानहरुमा पनि उनको महत्वपूर्ण भूमिका थियो। उनको अन्तिम संस्कारमा उपस्थित सैन्य अधिकारीको उपस्थितिले पनि त्यो देखाउँछ। परमाणु कार्यक्रमलाई अगाडि बढाउनु संसारका लागि एक चुनौति दिनु जस्तै पनि हो। र यो हत्यापछि पनि ईरान परमाणु गतिविधि जारी गर्न सक्छ भन्ने देखाउन पनि हो। यूरेनियम जम्मा गरेर निर्धारित मात्रालाई बढाउनु र यूरेनियम सम्वद्र्धन स्तरको स्वीकृति सीमा पार गर्नुले स्वतः ईरान परमाणु बह बनाृने दिशामा अगाडि बढेको आशंका गर्न सकिन्छ।

दोस्रो विकलपः के ईरान प्रोक्सीको उपयोग गर्ला ?

ईरानमा कैयौं प्रोक्सी मिलिशिया छन्। जसको उसले इराक, सीरिया र यमन जस्ता देशहरुमा फडिंग गर्छ, तालिम दिन्छ र हतियार पनि उपलब्ध गराउँछ।
जब सेप्टेम्बर २०१९ मा साऊदी अरबको सरकारी तेल कम्पनी अरामकोका दुई ठूला स्टेशनमा जब ड्रोनबाट आक्रमण भयो, ईरानले यमनका हुथी विद्रोहीले आक्रमण गरेको भन्यो। तर ती ड्रोन उत्तरतर्फबाट आएका थिए जबकी यमन साऊदीको दक्षिणमा छ।

पश्चिमी गुप्तचरहरुले ईरानबाट आक्रमण भएको निष्कर्ष निकालेका थिए। जसको उद्देश्य यो साऊदीलाई चेतावनी थियो र साऊदीलाई कति क्षति गर्न सक्छ ? भन्ने दखाउनु थियो।

आफ्नो प्रोक्सीलाई उपयोग गर्ने विषयमा ईरानसँग कैयौं विकल्प हुन सक्छ। उसले लेबनानस्थित हिजबुल्लाह वा गाजामा हमासलाई इजरायलमा रकेट आक्रमण गर्न निर्देशन दिन सक्छ। उसले इराकमा शिया मिलिशियालाई त्यहाँ अमेरिकी प्रतिष्ठानहरुमा आक्रमणका लागि निर्देशन दिन सक्छ। हुन सक्छ उसले यमनका हुथीलाई साऊदीमा आक्रमण बढाउन भन्न सक्छ। तर यी सबै परिस्थितिमा जवाफी कारबाहीको पनि जोखिम हुन सक्छ।

तेस्रो विकल्पः ईरान खुनको बदला खुनबाट लिन तयार हुन सक्छ ?

त्यसो त ईरानका लागि यो जोखिमपूर्ण कारबाही हुन सक्छ, जस्तो इजरायलमा ठिक उस्तै वरिष्ठ व्यक्तिको हत्या गर्ने जस्ता मोहसिन फखरीजादेह थिए।

ईरानले यसअघि पनि देखाइसकेको छ कि मध्य पूर्वमा ऊ आफ्नो सीमाभन्दा बाहिर पनि आक्रमण गर्न सक्षम छ। २०१०–१२ मा ईरानका ४ जना परमाणु वैज्ञानिकहरुको रहस्यमयी हत्या भएको थियो। ती हत्याहरु इजरायलको मोसाद गुप्तचर एजेन्सीले गराएको मानिन्छ। यसपछि २०१२ मा बुल्गेरियामा इजरायली पर्यटकले भरिएको बसमा आत्मघाती आक्रमण भयो, जसका लागि ईरानको सहयोग हिज्बुल्लाहलाई दोषी ठहर गरियो।

त्यसअघि धेरै वर्ष पहिला अर्जेन्टीनामा इजरायली दूतावासमा आत्मघाती आक्रमण गरिएको थियो। त्यस घनालाई लिएर हिजबुल्लाह र ईरानलाई दोषी ठहर्याइयो। हालै यूरोपमा असन्तुष्टहरुलाई टार्गेट गर्नुका पछाडि पनि ईरानी एजेन्टहरुको संलग्नता रहेको आशंका गरिन्छ।

कुनै महत्वपूर्ण व्यक्तिको हत्या होस वा यस किसिमका अपरेशन, ईरानको इस्लामिक रिभोल्यूशनरी गार्ड्स कोप्स क्वाड फोर्स यसका लागि प्रशिक्षित छ। तर, तथ्य के छ भने फखरीजादेहको सुरक्षा घेरा निकै असफल रह्यो। हत्यारालाई उनको रुट र त्यहाँबाट जाने समयबारे सटीक जानकारी थियो। सुरक्षामा यो घुसपैठ ईरानलाई उसको आफ्नो कमजोरी देखाउनलाई पर्याप्त छ।

ईरानले के पनि थाहा छ भने इजरायलसँग सीधा टकराउने हो भने इजरायल पनि प्रतिक्रिया देखाउने छ। त्यो परिस्थितिमा ईरानले धेरै नोक्सान हुन सक्छ। इजरायल पहिलाको अरब दुश्नले घेरिएको एक्लो इजरायल रहेन। हाल उसले यूएई र बहराइनसँग निकट र सहयोगी न्यानो सम्बन्धको आनन्द लिइरहेको छ। यसै वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थपना भएको घोषणा गरेका थिए।

जसलाई इजरायलले ऐतिहासिक दिन भनेको थियो। त्यसो त इजरायल र साऊदीबीच पनि पर्दा पछाडि राम्रो सम्बन्ध रहेको विश्वास छ। अब साऊदी इजरायलको दुश्मन रहेन। यसका ईरानका सैन्य योजनाकार यो विषयलाई पनि ध्यान दिएर रणनीति बनाइरहेका होलान। र यो हत्याको बदला कसरी लिने भन्ने सोचिरहेका होलान।

चौथो विकल्पः केही नगर्ने ?

ईरानले जुन भाषाको प्रयोग गरिरहेको छ, त्यसलाई हेर्दा यसको सम्भवना त देखिँदैन। तर कम्तिमा हालका लागि चुप बस्न सक्छ। तर लण्डनस्थित ईरानी राजदूत सँधै अमेरिकी राष्ट्रपतीय चुनावको परिणामले केही फरक नपर्ने बताउँछन्। तर, तथ्य के हो भने जो बाइडेनसँग ईरानले नयाँ तालमेल गर्न सक्ने आधार छन्।

ईरानका तर्फबाट स्वरहरु केही सुस्त हुनेछन्। खास गरेर विदेश मन्त्रालय र व्यापार क्षेत्रमा। जो बाइडेनसँग भविष्यमा सफलाको अवसर प्राप्त होस भने संयमको कुरा हुनेछ, वा कम्तिमा ढिलो गरी प्रतिक्रिया दिने कुरा हुनेछ।

जो बाइडेनले ट्रम्पले जुन परमाणु सम्झौताबाट अमेरिकालाई अलग गरेका थिए, त्यसमा फेरि सहभागी हुन सक्ने बताइसकेका छन्। यसको अर्थ ईरानमाथिको प्रतिबन्ध हटाएर त्यहाँ अरबौं डलरको लगानी हुन सक्छ। ईरानमा २०२१ मा चुनाव हुँदैछ। जसमा कट्टरपन्थीले राम्रो नतिजा ल्याउने अपेक्षा छ। त्यसैले कुनै पनि पहल गर्नुअघि राम्रोसँग सोच्नुपर्ने अवस्था छ। (बीबीसीबाट अनुवाद)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *