बालिका बलात्कार गर्ने दुई अभियुक्त पक्राउ

डिसी नेपाल
१९ मंसिर २०७७ २२:०७

सिमकोट । हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत वर्ष साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट पक्राउ गरिएको हो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

घटनालगत्तै पक्राउ परेका दुई जना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एक जना नाबालक भएकाले बालसुधारगृह हिरमुनिया बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *