कर्णाली प्रदेशमा थप ३६ जना सङ्क्रमित, ३० जना निको

डिसी नेपाल
२२ मंसिर २०७७ १९:५४
40
Shares

कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्म सात हजार ७१ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र रुकुमपश्चिम चौरजहारी पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा सुर्खेतमा १४, जुम्ला र मुगुमा चार/चार, दैलेख र कालीकोटमा दुई/दुई, जाजरकोटमा एक र अन्य प्रदेशका नौ गरी ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेशमा अहिलेसम्म सङ्क्रमित हुनेहरुमा सबैभन्दा बढी सुर्खेतका तीन हजार २५, दैलेखका एक हजार ६३३, सल्यानका ६२६, जुम्लाका ३९२, कालीकोटका ३१७, रुकुमपश्चिमका २३१, जाजरकोटका १४०, हुम्लाका ५६, मुगुका ४१ र डोल्पाका १५ जना रहेका छन् । योसँगै अन्य प्रदेशका ५४० र भारतका पाँच जना सङ्क्रमित रहेको उनले बताए ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म छ हजार ४९८ पुगेको छ । अब आठ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *