म्यारोडोनाको नाममा राखियो अर्जेन्टिनाको फुटबल स्टेडियमको नाम

डिसी नेपाल
५ पुष २०७७ १९:२६
32
Shares

काठमाडौं । अर्जेन्टिनाको सियोदाद डी ला प्लाटा स्टेडियमको नाम अब डिएगो म्यारोडोना स्टेडियम भएको छ । म्यारोडोनाको गत महिना निधन भएको थियो । ब्यूनस आयर्स भन्दा दक्षिण पूर्व ६० किलोमिटर टाढा प्लाटामा ५३ हजार दर्शक क्षमता रहेको यो स्टेडियम जिम्नासिया वाई एसग्रिमाको घरेलु मैदान हो । निधन हुनु अघि म्यारोडोना सो क्लबका कोच थिए ।

यसअघि ईटालीको प्रख्यात क्लब मध्ये एक नेपोलीले फुटबलका सर्वकालिन महान खेलाडी म्यारोडोनाको निधनको एकदिन पछि उनको नाममा फुटबल स्टेडियमको नाम राख्ने घोषणा गरेको थियो । म्यारोडोनाले सन १९९८ देखी १९९१ सम्म नेपोली क्लबबाट खेलेका थिए । उनी क्लबमा रहदा २ सिरी–ए, कोपा ईटालियन र एक यूईएफए कपको उपाधि जितेका थिए । म्यारोडोना क्लबसँग आबद्व हुनु अघि नेपोलीले कुनैपनि उपाधि जितेको थिएन । क्लब छोडने बेला म्यारोडोना नेपोलीका लागि सबैभन्दा बढि गोल गर्ने खेलाडी थिए । उनको किर्तिमान सन २०१७ मा मारेक हामसिकले तोडेका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.