बादललाई फकाउन सक्रिय प्रचण्ड, आजै फेरि भेटेर फर्के
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई फकाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड- नेपाल समूहको अलग अलग केन्द्रीय कमिटीका छलफल भइरहेका बेला प्रचण्डले मन्त्री क्वाटर पुगेर बादललाई फकाइरहेको स्रोतको दावी छ।
नेकपामा २ वटा धुर्व देखिए पश्चात पनि कतै नढल्कीयका बादललाई प्रचण्डले आफ्नो विश्वासमा लिने काम गरिरहेका छन। प्रचण्ड–नेपाल समूह निकट ७ मन्त्रीहरुले राजीनामा दिए पनि पूर्व माओवादीका तर्फबाट आएका गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टले भने अहिलेसम्म ओलीको साथ छोडेका छैनन्।
आजै नेकपाका दुई समूहको केन्द्रीय समितको बैठक २ ठाउँमा बसिरहेको छ। बालुवाटरमा प्रधानमन्त्री ओली निकट सदस्यहरुको भेला भइरहेको छ। ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई कारवाहीका लागि निर्वाचन आयोगमा पहिले नै जानकारी गराइसकेको दावी गरिएको छ। भने, सोमबार बसेको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई अनुसासनको कारवाही गर्ने निर्णय गरी निर्वाचन आयोगमा दर्ता गराइएको छ।







डिसी नेपाल








Facebook Comment