कांग्रेस नेतृत्वले शक्ति दुरुपयोग गरेको नेता कोइरालाको आरोप

डिसी नेपाल
१२ कार्तिक २०७५ १५:४७

बारा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेस नेतृत्वबाट नै शक्ति दुरुपयोग भएको बताएका छन्।

काङ्ग्रेस निजगढ नगर समितिले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अब पार्टीको विधानमा नै काङ्ग्रेस सभापतिको अधिकार कटौतीको व्यवस्था हुनुपर्नेमा जोड दिए। नेता डा कोइरालाले शक्तिकै दम्भले गर्दा काङ्ग्रेसमा गुट-उपगुट जन्मिँदा कार्यकर्ता दिक्क भएकाले यसको अन्त्य गर्ने प्रयासमा आफू लागिपरेको बताए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा जङ्गलका रूखबिरुवा कति सङ्ख्यामा काट्ने भन्ने सम्बन्धमा सरकारका मन्त्रीहरुकै अलग धारणा बाहिर आएको बताउँदै उनले रूख कटान गर्दा क्षति कम हुनुपर्ने धारण व्यक्त गरे।

कांङ्ग्रेसका केन्द्रीय सदस्य रामचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाललगायतले काङ्ग्रेस पार्टीको सङ्गठन विस्तारका विविध पक्षमाथि प्रकाश पारेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *