पिएम कप छनौट : झापालाई पराजित गर्दे सुनसरी फाईनलमा
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका अन्तर्गत प्रदेश स्तरीय छनौट खेलमा सुनसरीले झापालाई पराजित गर्दे फाईनलमा स्थान सुरक्षित गरेको छ । मंगलवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १६५ रन बनायो । सुनसरीका लागि राकेश सोनीले अविजित ३३ रन बनाउदा जोसफ खड्काले (२४), प्रशान्त थापाले (२३) र बिबेक मेहताले (१५) रन बनाए । बलिङ तर्फ झापाका मनोज तामाङले ५ विकेट र अङकित सुबेदीले ३ विकेट लिदा कमल खत्रीले एक विकेट लिए । सुनसरीले अतिरिक्त रुपमा ३९ रन पाएको थियो ।
एक सय ६६ रन लक्ष्य लिएर मैदान आएको झापाको टोली १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १०३ रनमा खुम्चियो । झापाका लागि समिर कार्कीले (२५) र अंकित सुबेदीले (१४) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । सुनसरीका जोसफ खडका र सोनु मण्डलले समान ३–३ विकेट लिदा बिकल्प आचार्य र भुपाल लुईटेलले एक–एक विकेट लिए । त्यस्तै सरोज बस्नेतले २ विकेट लिदा सुनसरीले झापा जिल्लालाई ६२ रनले पराजित गर्यो । पुस ८ गते सम्म संन्चालन हुने उक्त प्रतियोगिताको फाईनल भोली हुनेछ। प्रतियोगितामा ५ टोलीहरुको सहभागिता रहेको छ ।







डिसी नेपाल








Facebook Comment