पिएम कप छनौट : नवलपुरलाई पराजित गर्दै कास्की च्याम्पियन

डिसी नेपाल
८ पुष २०७७ १८:४७
136
Shares

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका अन्तर्गत गण्डकी प्रदेश स्तरीय छनौट खेलमा नवलपुरलाई पराजित गर्दै कास्की च्याम्पियन भएको छ । पोखरा रंगशालामा बुधवार भएको खेलमा नवलपुरलाई ८६ रनले पराजित गरेको कास्की समुह बिजेता बन्दै उपाधि माथि कब्जा गरेको हो ।

प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि सुबास भण्डारीले पाए । उनले तीन खेलमा कुल २७ ओभर बलिङ गर्ने क्रममा ७ मेडन सहित ६८ रन दिएर ८ विकेट लिएका थिए । प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यानको उपाधि अर्जुन कुमालले पाए । कुमालले ३ खेलमा १४२ रन बनाएका थिए । उनको ब्यक्तिगत उच्च स्कोर ७७ रहेको थियो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि सुबास भण्डारीले पाए । तीन खेलमा कुल २७ ओभर बलिङ गरेर ८ विकेट लिएका उनले प्रतियोगितामा ५३ रन बनाएका थिए । प्रतियोगितामा कास्की, नवलपुर, तँनहु र स्याङजा गरि चार जिल्लाहरुको सहभागिता रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.