राजबिराज क्रिकेट लिग : लायन्स एकेडेमी र बरहि बिरपुर बिजयी
राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसँगको सहकार्यमा सप्तरीको राजबिराजमा जारी राजबिराज क्रिकेट लिग अन्र्तगत बुधवार भएको खेलमा लायन्स एकेडेमी र बरहि बिरपुर बिजयी भएको छ । प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको लागि रोकिएको लिग बुधवारबाट राजरंगशालामा सुरु भएको हो । बुधवार भएको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको रंजितपुरले निर्धारित २० ओभरको खेलमा ९ बिकेट गुमाएर १ सय २६ रनको योगफल तयार पार्यो । रंजितपुरका लागि बिशाल यादवले ३३, संजय यादव १३ तथा रविन्द्र यादवले ११ रनको योगदान दिएका थिए । बलिङ तर्फ लायन्स एकेडमीका तर्फबाट अविनाश कर्णले ३, मुन्ना साह २ तथा बिजय दासले १ बिकेट लिएका थिए ।एक सय २७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लायन्सले उक्त लक्ष्य सजिलै १७ ओभरमा ३ विकेट गमाएर पुरा गर्यो । लायन्सका लागि भोला साहले ४० र चित्र बहादुर बिष्टले ३५ तथा अविनाश कर्णले १४ रन बनाएका थिए भने राजिब मिश्रा १९ र मुना साह १० रनमा अविजित रहेका थिए । खेलमा उत्कृष्ट बलिङ गरे वापत लायन्सका अविनाश कर्ण म्यान अफ द म्याच भएका थिए ।
बुधवार नै सम्पन्न अर्को खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मंसापुरले निर्धारित २० ओभरको खेलमा १७ ओभर ४ बल खेल्दै ९५ रनमा समेटियो । मंसापुरका लागि लक्ष्मण दासले २१, अजय कुमार मरिक १९ तथा उमेश कुमार मण्डलले १६ रनको योगदान दिएका थिए । बलिङ तर्फ बरहिका उपेन्द्र रायले ३ तथा रेवति राय र बिष्णु मण्डलले क्रमश २ र १ विकेट लिएका थिए । ९६ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बरहिले उक्त लक्ष्य सजिलै १५ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यौ । बरहिका लागि रेवति रायले २८ तथा बिक्की राय र राजिव यादवले सामान २१ रनको योगदान दिएका थिए । बलिङ तर्फ मंसापुरका धिरज मण्डलले २ तथा अजय कुमार मरिक र शुभाष मण्डलले सामान १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बरहिका उपेन्द्र राय भएका थिए ।







डिसी नेपाल








Facebook Comment