बालबालिकाका लागि आजदेखि डिसी नेपालको ‘सानो संसार’

डिसी नेपाल
४ फागुन २०७७ १२:१७
316
Shares

काठमाडौं । डिसी नेपालले नेपाल र संसारभरका नेपाली भाषी बालवालिकाका लागि डिसी नेपाल सानो संसार कार्यक्रम शुरु गरेको छ । नेपाल र विदेशमा बसोबास बस्ने नेपाली भाषी बालबालिकाहरुलाई आफ्नो भाषा, संस्कृति र परम्पराबारे जानकारी दिने उदेश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो ।

स्वदेश र विदेशमा बस्ने नेपाली बालबालिकाहरुलाई एकआपसमा जोड्ने र नेपालीपनलाई बालवालिकासमक्ष पुर्याएर आफ्नो संस्कृतिका सुन्दर पक्षहरुबारे बालबालिकासँग छलफल गरिने छ ।

मेरी होम मन्टेश्वरी, चन्द्रागिरि १५ की शिक्षक तथा मन्टेश्वरी ट्रेनर सविता बस्नेत दानीले संचालन गर्ने यो कार्यक्रम बसन्त पञ्चमीको विशेष अवसर पारेर आज नेपाली समयअनुसार साँझ ७ बजे प्रसारण गरिनेछ । कार्यक्रमको प्रविधि संयोजन तथा सम्पादन मन्दिरा राउत र एसके शर्माले गरेका छन् ।

कार्यक्रममा बालबालिकाका सुन्दर रचनाहरु, चित्रकलासहित उनीहरुको प्रतिभालाई स्थान दिइने छ । यो पहिलो कार्यक्रम सरस्वती पूजाको अवसरमा प्रसारण हुने भए पनि नियमित कार्यक्रम महिनाको दुईपल्ट अर्थात हरेक पन्ध्र दिनको शनिबार साँझ प्रसारण गरिने डिसी नेपाल व्यबस्थापनले जनाएको छ।

कार्यक्रम डिसी नेपालको आधिकारिक फेसबुक पेज र यु ट्युब च्यानलमार्फत प्रसारण हुने छ । नेपाली समयअनुसार, साँझ ७ बजे प्रसारण हुने कार्यक्रमको सानो क्लिप।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *