‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’
काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यकालमा ‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’ भन्ने विश्वास दिलाउने गरी काम गर्ने बताएकी छन् ।
आयोगले १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित पत्रकार–अन्तक्र्रिया कार्यक्रममा उनले आयोगबाट हिंसामा परेका महिलाले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
अध्यक्ष पराजुलीले जनसङ्ख्याका आधारमा आधा हिस्सा ओगटेका महिलाको विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने र महिलामाथि हिंसा गर्ने पीडितलाई दोषी ठहर गर्ने अभियानसमेत सञ्चालन गर्ने तयारी रहेको योजना सुनाइन्।
उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गरी महिला हिंसाका बारे बालबालिकालाई जानकारी दिन पाठ्यक्रममा नै समावेश गर्न सुझाव दिइएको जानकारी दिइन् ।
अध्यक्ष पराजुलीले बालिका र किशोरीमाथि विद्यालय, कार्यस्थल वा परिवारकै आफन्तबाट नै हिंसाका घटना आउने गरेको हुँदा हिंसामुक्त समाज निर्माणका लागि सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्ने जरुरी रहेको बताइन् ।
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, पूर्वाध्यक्ष निर्मला शर्मा, क्रियाशील पत्रकार समूह (डब्लुडब्लुजे) का अध्यक्ष निर्मला आचार्य, नेपाल पत्रकार महासङ्घका सचिव लक्ष्मी पुनलगायतले महिला हिंसाको घटना न्यूनीकरणका लागि आयोगले काम गर्नुपर्ने र त्यसका लागि पत्रकारिताका क्षेत्रबाट गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment