गैँडाको आक्रमणबाट एक व्यक्ति घाइते
चितवन। पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो घाइते भएका हुन्।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार महतोलाई शुक्रबार दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment