मलेसियामा नेपालीसहित दुईसय पाँच आप्रवासी पक्राउ

डिसी नेपाल
२३ फागुन २०७७ १६:३६
88
Shares

काठमाडौं। मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित दुई सय पाँच आप्रवासी श्रमिक पक्राउ परेका छन्। मलेसियाले अवैधानिक हैसियतमा बसिरहेका विदेशी कामदारहरुलाई छापामारी पक्राउ गर्न थालेको हो।

पछिल्लो समय मलेसियामा कोरोना संक्रमण कम हुँदै गइरहेको अवस्थामा राजधानी क्वालालम्पुरमा पर्ने पुडु भन्ने ठाउँमा अवस्थित एक अपार्टमेन्टमा यहीँ मार्च ५ तारिखका दिन अध्यागमन विभाग (ईमिग्रेशन)ले प्रेस विज्ञप्तिमार्फत दुई सय पाँच जना अवैधानिक विदेशी कामदारहरु पक्राउ गरेको जानकारी गराएको छ।

पक्राउ पर्नेमा नेपाल, बंगलादेश, इन्डोनेसियालगायतका नागरिक छन्। पक्राउ परेकाहरुसँग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले उल्लेख गरेको छ।

छापामारी चेकजाँचको क्रममा पक्राउ परेका चार सय २५ जनामध्ये दुई सय पाँच जना विदेशी कामदारहरुसंग वैधानिक कानुनी कागजात नरहेको जनाइएको छ। पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानुनी तरिकाले त्यहाँ रहेको बताइएको छ। पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष बिचका रहेको विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *