नुहाउने क्रममा नदीले बगाएर एक जनाकाे मृत्यु
प्रतिकात्मक तस्वीर।
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो। नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment