बर्दियामा बाघको आक्रमणबाट आठको मृत्यु

डिसी नेपाल
२८ फागुन २०७७ १३:२५
296
Shares

बाँके। चालु आर्थिक वर्षको अहिलेसम्म बर्दियामा बाघको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पछिल्लो समय मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो।

घटना बुधबार दिउँसो १ः५० बजे भएको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले सुनारको शव दुवै सामुदायिक बनको सिमानामा फेला पारेको थियो। पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ।

अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो। कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको थियो।

त्यसैगरी गत पुस १७ मा चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो। ‘उनीहरुलाई आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौं’, प्रहरी नायब उपरीक्षक शाहीले भने।

त्यसैगरी, बाघले गेरुवा गाउँपालिका–४ गिडरपुरमा दर्जनौं खसीबाख्रा आक्रमण गरेर मारेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *