बीबीसीका पूर्वपत्रकार सुशील शर्माको निधन
काठमाडौं। बीबीसीका पूर्वपत्रकार सुशील शर्माको निधन भएको छ। ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा शुक्रबार शर्माको निधन भएको हो। उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएकाथिए। तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत् थिए।
राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रहेर काम गरेका थिए।
उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। स्व शर्माका श्रीमती र एक छोरा छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment