डिजिटल टोकन प्रणाली शुरु

डिसी नेपाल
५ चैत २०७७ १८:२८
44
Shares

लमजुङ । बेंसीशहर नगरपालिका– ८ मा रहेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको हो ।

क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ । बेंसीशहर– १ उदिपुरबाट आएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिएका थिए । तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएरले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताए ।

उनले अभिलेख शाखालाई पहिलाभन्दा व्यवस्थित बनाइएको जानकारी दिए । सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताए । नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.