राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

डिसी नेपाल
८ चैत २०७७ १४:४७
104
Shares

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जाने भएकी छन्। राष्ट्रपतिले यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन्।

निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।

काठमाडौँ बंगलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ। राष्ट्रपति भण्डारी चैत १० गते बंगलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ। चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिइन्।

उनले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताइन्। यसअघि पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.