भारतबाट आएका नेपालीहरुमा देखियो कोरोना

डिसी नेपाल
११ चैत २०७७ १८:१७
472
Shares

काठमाडौं। भारतबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले सचेत रहन आदेश जारी गरेको छ। भारत–नेपाल सीमा गौरीफन्टा नाकाबाट नेपाल भित्रिएकाहरुमा एन्टिजेन परीक्षण गर्दा केहीमा कोरोना संक्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

डिसी नेपालसँग फोनमा प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘संख्या यकिन भएन, पछिल्लो ३,४ दिन यता नेपाल आएकाहरुको एन्टिजेन परीक्षण गर्दा केहीमा कोरोनाको संक्रमण देखिएको छ।’ यसअघि पनि नेपालमा कोरोना संक्रमण भारतबाटै भित्रिएको थियो। अहिले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित भइरहेका छन्। यस्तो बेला भारतबाट नेपाल आउनेहरुमा कोरोनको संक्रमण देखिएसँगै नेपाल पनि उच्च जोखिममा परेको छ।

उता कैलाली जिल्ला प्रशासनले बुधबार एक आदेश जारी गर्दै सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्न, सीमामै एन्टिजेन परीक्षण गर्न, भीडभाडका कार्यक्रम नगर्न, क्वारेन्टिन र आइसोलेशनलाई तयारी अवस्थामा राख्न भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *