त्रिदेशीय कपको उपाधि भिडन्त सुरु, मैदान पुगे प्रधानमन्त्री (लाइभ)

डिसी नेपाल
१६ चैत २०७७ १७:३९
276
Shares

काठमाडौं। त्रिदेशीय नेसन्स कप फुटबलको उपाधि भिडन्त सुरु भएको छ। त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको उपाधि भिडन्त सुरु भएको हो।

नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ ।

यसअघिका िलग चरणाका खेलमा अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेको नेपालले आजको खेलमा भने उत्कृष्ट प्रर्दशन गर्दै उपाधि कब्जा गर्ने लक्ष्य लिएको छ।

यसअघि बिहीबारको पहिलो खेलमा नेपालले किर्गिस्तासँग गोल रहित बराबरी खेलको थियो भने बंगलादेशसँग पनि गोलरहित बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको थियो।

नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ। ४ खेल बराबरीमा सकिएको छ।

यस्तै फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका छन्। उनले दुवै टीमसँग परिचय गरेर खेल सुरु भएको हो।

लाइभ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *