खनाल–नेपाल समूहकाे बागमती प्रदेशमा समानान्तर कमिटी
काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ। माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो।
बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा कार्यक्रम आयोजान गरि कमिटी घोषणा गरिएको हो। शाक्य नेतृत्वको कमिटीकाे सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई छन्।
सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल-माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment