शुरु भयो आईपीएलको १४ औं संस्करण, टस हारेको मुम्बई पहिला ब्याटिंग गर्दै
काठमाडौं। फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबार शुरु भएको छ। १४ औं संस्करणको पहिलो खेल गत सिजनको विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)बीच भइरहेको छ।
कोरोनाका कारण दर्शकबिनाको यो खेलमा आरसीबीका कप्तान विराट कोहलीले टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन्। मुम्बईका लागि रोहित शर्मा र क्रिस लिनले ब्याटिंग शुरु गरेका छन्।

पहिलो ओभरको खेल सकिँदा मुम्बईले बिना क्षति ५ रन बनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment