नेपाल भर्सेस नेदरल्याण्डः नेपालको विस्फोटक ब्याटिंग
काठमााडौं। शनिबार काठमाडौंमा शुरु भएको त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले १३७ रनको लक्ष्य पाएको छ। लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिंग शुरु गरेको छ। नेपालले शुरुदेखि नै विस्फोटक ब्याटिंग गरेको छ।
दोस्रो बलमै जीवन दान पाएका कुशल भुर्तेलले ३ छक्का प्रहार गरिसकेका छन् भने एकमात्र बल खेलेका आसिफ शेखले पनि चौका प्रहार गरेका छन्। यो समाचार तयार पार्दासम्म नेपालले विना क्षति ३ ओभरमा ४३ रन बनाएको छ।
त्रिवि मैदानमा नेपालले टस जितेर नेदरल्याण्डलाई पहिला ब्याटिंगको निम्तो दिएको थियो। नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो। नेदरल्याण्डका ब्याट्सम्यानले स्लो ब्याटिंग गरे पनि अन्तिम दुई ओभरमा २७ रन जोड्दै सम्मानजनक स्कोर बनाए।
त्रिवि मैदानको पिचमा फास्ट बलरलाई सहयोग भइरहेको देखिँदा यो लक्ष्य नेपालका लागि त्यति सहज नहुने देखिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले २, सोपाल कामी र साहाब आलमले १ १ विकेट लिएका थिए। आलम निकै महंगो भए। उनले ४ ओभरमा ४५ रन दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment