त्रिदेशीय सिरिजः नेपालको शानदार जित

डिसी नेपाल
६ वैशाख २०७८ १५:५३

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेलमा शानदार जित हासिल गरेको छ । त्रिवि मैदानमा भएको खेलमा खेलमा नेपाल ९ विकेटले विजयी भएको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । त्यसका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शानदार ब्याटिङ गरे । कुशलले अर्धसतकीय पारी खेले । उनले ४१ बलमा ५ चौका र तीन छक्काको मद्दतमा ६१ रन बनाए । जारी सिरिजमा नेदरल्याण्डविरुद्ध डेब्यु गरेका उनले उक्त खेलमा पनि अर्धसतक पूरा गरेका थिए । यस्तै अर्का ओपनर आसिफ शेख ४२ रन बनाएर आउट भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । मलेसियाका शाइद अजीजले सर्वाधिक २७ रन बनाए । २४ बल खेलेका उनलाई खेलको आठौं ओभरमा दिपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेखले क्याच आउट गराए । यस्तै शार्विन मुनियान्डीले २० तथा शफिक शरिफले १५ रन बनाए । नेपालका करन केसीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

जारी सिरिजमा नेपालले २ खेलमा २ जित हासिल गरेको छ । पहिलो खेलमा पनि नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । २ खेलमा पराजय भोगेको मलेसिया तालिकाको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *