‘हाई स्कोरिङ’ खेलमा नेदरल्याण्डले नेपाललाई हरायो

डिसी नेपाल
७ वैशाख २०७८ १६:५७
192
Shares

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज भएको खेलमा नेदरल्याण्डले नेपाललाई पराजित गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित ग¥यो ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले ३ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा ग¥यो । त्यसका लागि बास डि लिडेले ८१ रनको उत्कृष्ट पारी खेले । उनले  ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै बेन कुपरले ५५ रन बनाउँदा कप्तान पिटर सिलारले ३१ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । नेपालका दुई खेलाडीले अर्धसतक पुरा गरे । ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धसतक पुरा गरेका हुन् । कुशलले ४६ बलमा ६२ रन बनाए । उनले ८ चौका र एक छक्का प्रहार गरेर आउट भए । उनी टी२० अन्तर्राष्ट्रियमा डेब्यु खेलसहित लगातार तीन खेलमा अर्धसतक बनाउने पहिलो खेलाडी बने ।

यस्तै अर्का खेलाडी दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ३० बलमा तीन चौका र ५ छक्काको मद्दतमा ६० रन बनाए । दिपेन्द्रको टी२० अन्तर्राष्ट्रियमा पहिलो अर्धसतक हो । सोमपाल कामीले २१ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । नेदरल्याण्डका भिभियन किंग्मा र पिटर सिलारले २/२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.