सडक निर्माणका क्रममा करेन्ट लागेर मृत्यु

डिसी नेपाल
१० वैशाख २०७८ १५:३४
24
Shares

काठमाडौं । रुकुम(पश्चिम)को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको करेन्ट लागेर मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । करेन्ट लागेर गम्भीर घाइते विकलाई नजिकैको एपोलो अस्पतालमा उपचारका लागि पुर्याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.