गण्डकी सत्तासंघर्षमा नाटकीय राजनीतिक घटनाक्रम

डिसी नेपाल
१५ वैशाख २०७८ १६:५९
672
Shares

काठमाडौं। बुधबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने प्रदेशसभाको कार्यसूची अनुसार सभाको बैठक चलदैगर्दा जनमोर्चाका एकजना सांसद अनुपस्थित भए। सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि विपक्षीले ल्याएको अविश्वास प्रस्ताव असफल हुने संकेत देखियो।

त्यसपछि अनुपस्थित सांसद शाहीको खोजी भयो। तर, उनी यो समाचार तयार पार्दासम्म भेटिएका छैनन्। त्यसपछि अविश्वासको प्रस्ताव सफल हुने लगभग निश्चित रहेका मुख्यमन्त्री गुरुङको सरकार जोगिने वातावरण बनेको छ।

६० सदस्यीय प्रदेशसभामा १५ सिट रहेको कााग्रेस र १२ सिट रहेको माओवादीले ३ सिट रहेको जनमोर्चाको समर्थनमा अविश्वास प्रस्ताव ल्याएको थियो। तर, जनमोर्चाका एकजना सांसद अनुपस्थित भएपछि अविश्वास प्र्रस्ताव असफल बन्ने अवस्था आउँदा अनुपस्थित सांसद शाहीको खोजी गर्न भन्दै जनमोर्चाले सभामुख समक्ष निवेदन दिएको छ।

जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले अनुपस्थित शाही सम्पर्कविहीन रहेको भन्दै उनको अवस्था पत्ता लगाएर मात्र सभाको कारबाही अगाडि बढाउन माग गर्दै सभामुख समक्ष निवेदन दिएकी छन्। साढे ४ बजे शुरु हुने भनिएको अविश्वास प्रस्तावमाथिको मतदान शुरु भएको छैन।

उता अनुपस्थित सांसद शाहीक पिएले सामाजिक सञ्जालमार्फत शाही पोखरास्थित चरक मेमोरियल अस्पतालको आईसीयूमा भर्ना भएको दावी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *