जनमोर्चा सांसद शाही तेस्रो परीक्षणबाट कोरोना संक्रमित भएको पुष्टि

डिसी नेपाल
१६ वैशाख २०७८ ०:०७
328
Shares

काठमाडौं। गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही अन्ततः कोरोना संक्रति भएको पुष्टि भएको छ। बुधबार प्रदेश प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ र लाइफ केयर डाइग्नोसिस्टको रिपोर्टमा पोजेटिभ देखिएपछि बुधबार नै उनको तेस्रो पटक कोरोना परीक्षण गरिएको हो।

बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची तय भएअनुसार मतदान हुनुभन्दा केही समयअघि जनमोर्चाका सांसद शाही सम्पर्कबिहीन भएको भन्दै उनको खोजी भएको थियो।

उनी सम्पर्कमा नआएपछि जनमोर्चाको निवेदनमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेर बुधबार हुने भनिएको अविश्वास प्रस्तावमाथिको मतदान टारिदिएका थिए। सोही समय सांसद शाही पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना भएको खुलेको थियो।

यो प्रकरणमा जनर्मार्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले आफ्ना पार्टीका सांसद अपहरणमा परेको बताएका थिए। उनले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत हप्काएको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.