बैतडीमा शव बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

डिसी नेपाल
२१ वैशाख २०७८ १६:५३

काठमाडौं। सुदूरपश्चिम प्रदेशको बैतडीमा मंगलबार जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन्।

पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताएको छ। र शव ल्याएर आउँदै गरेका आफन्तहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।

घाइतेहरूलाई उपचारका लागि सदरमुकाम ल्याइँदैछ। मृत्यु हुनेमा वडा नम्बर ६ का ५० वर्षीय जितसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी छन्।

जीप सडकबाट खसेर दुर्घटना भएको हो। जीप के कारणले खसेको भन्ने खुलेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *