काेराेना परीक्षणका लागि सांसदहरूकाे स्वाब संकलन गर्दा देखिएका केही फरक दृष्य (फाेटाेफिचर)
काठमाडौं । बैशाख २७ गते हुने विशेष अधिवेशनको लागि सांसदहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएकाे छ। बानेश्वर स्थित ल्हाेत्सेहलमा सांसद र कर्मचारीकाे काेराेना परीक्षणका लागि स्वाब संकलन गरिएकाे हाे।
विहान १० बजेबाट सुरू गरीएकाे स्वाब संकलन कार्य जारी रहेकाे छ। अहिलेसम्म नेकपा एमालेका नेता माधवकुमार नेपाल, सुबास नेम्वाङ, माओवादी केन्द्रका देव गुरूङ, गिरीराजमणि पाेखरेल, शक्ति बस्नेतलगायतका सांसदहरूले स्वाब दिएका छन्।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ।
भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने पनि सचिवालयले जनाएको छ।




No ads found for this position



Facebook Comment