मैनाली समस्त संसारका रक्तदाता सम्मानबाट सम्मानित

डिसी नेपाल
४ जेठ २०७८ २२:२६

वासिंगटन। नेपाली रक्तदाता अर्जुनप्रसाद मैनाली समस्त संसारका रक्तदाता सम्मानबाट सम्मानित भएका छन्। उनलाई वर्ल्ड रेकर्ड बुक लिमिटेड, युनाइटेड किङ्गडमले २०२१मा समस्त संसारका रक्तदाताको रुपमा सम्मान गरेको हो। उनलाई प्रशंसा पत्र र २०२१ प्रमाण पत्र प्रदान गरिएको छ। यो संस्थाले प्रतिभालाई अभिलेख र प्रकाशित गर्दै आएको छ।

मैनालीले ६ वटै महादेशका १७ देशमा १९५ पटक रक्तदान गरेका छन्। उनले १२७ युनिट रगत र ६८ पटक प्लेट्लेट्स दान गरेका छन्। मैनालीले सन् २०२० मा कोभिड १९ महामारीको समयमा २२ पटक रक्तदान र प्लेट्लेट्स दान गरेका थिए। उनले रक्तदान गरी मानव सभ्यताका लागि रक्तदानको मह्त्वको बारेमा शिक्षा, वकालत, प्रोत्साहन र जाग्रिती गरेको भन्दै सो सम्मान गरिएको हो। मैनालीले गरेका कामहरुलाई सो संस्थाको स्टार २०२१ डाइरेक्टरी संस्करणमा राखिने जनाइएको छ।

मैनालीले सन १९८७ देखि नियमित रुपमा रक्तदान, रक्तदान उत्प्रेरणा र रक्तदान कार्यक्रम गर्दै आएका छन्। रक्तदान बढाउनका लागि उनले सन १९८९मा ब्लड डोनर्स एसोसिएसन नेपालको संस्थापक सदस्य, सन २००९ मा ब्लड डोनर्स अफ अमेरिकाको संस्थापक अध्यक्ष र २०१४ मा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स संस्थाको संस्थापक अध्यक्ष भएर काम गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *