गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दै

डिसी नेपाल
१६ जेठ २०७८ ८:०६
36
Shares

कास्की। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ। जेष्ठ ११ बसेको मन्त्रिपरिषद्‍को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो।

गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो। लगतै बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थियो।

प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक बोलाइएको हो। मुख्यमन्त्री बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार शहरी बिकास तथा यातायात ब्यवस्था मन्त्रालयलाई प्रदेश सडक सम्बन्धी बिधेयक बनाउन सैद्धान्तिक स्विकृती दिईएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *