जनसम्पर्क समितिद्वारा पत्रकारमाथि अपमानजनक व्यवहार, इञ्जाको गम्भीर आपत्ति
पेरिस । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जर्मनीले समाचारको विषयलाई लिएर पत्रकारमाथि गरेको अपमानजनक व्यवहारप्रति इञ्जा युरोपले गम्भीर आपत्ति जनाएको छ ।
इञ्जा युरोपका महासचिव समेत रहेका जर्मनी निवासी पत्रकार दीपक धितालले डिसीनेपाल अनलाइनमा “एनआरएनए अधिवेशनः जर्मनीमा काँग्रेस र एमालेबीच चुनावी भिड़न्त शुरु” शीर्षकको समाचारलाई लिएर जनसम्पर्क समिति जर्मनीले निकृष्ट शब्द प्रयोग गर्दै गालीगलौज तथा धम्कीपूर्ण विज्ञप्ति निकालेकोमा गम्भीर ध्यानाकर्षण भएको इञ्जा अध्यक्ष ददि सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“ गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति जर्मनीलगायत अहिलेको राजनीतिक तथा चुनावी परिस्थिलाई गम्भिर विष्लेषण गरी डिसी नेपालमा लेखिएको उक्त समाचारलाई लिएर पत्रकार धितालमाथि गलत आक्षेप लगाउँदै धम्कीपूर्ण शैलीमा उत्रनु नेपाली काग्रेसजस्तो पार्टीका भातृ संगठनका लागि पक्कै शोभनीय विषय होइन । ” विज्ञप्तिमा भनिएको छ, “सामान्यतया प्रकाशित एवं प्रसारित समाचारप्रति कुनै असहमति भए सोही मिडियामा खण्डन गर्ने अन्तर्राष्ट्रिय प्रचलन र अधिकार हुँदा हुँदै, राजनीतिक पार्टी नेपाली कांग्रेसको भातृ संस्था जनसंपर्क समिति जर्मनीले समाचारको विषय लाई लिएर धम्कीको भाषा प्रयोग गर्नु भनेको सिंगो नेपाली प्रजातान्त्रिक विरासतलाई उपहास गर्नु हो । उल्लेखित समाचारमा कहीं कतै धार्मिक र जातीय कुरा गरिएको देखिँदैन । तर आफ्नै ढंगले विश्लेषण गरी समाचारलाई जातीय र धार्मिक रंग दिन खोजेर जनसम्पर्क समिति जर्मनीले मिलेर बसेको नेपाली समुदाय र एनआरएनए जर्मनीको आगामी अधिवेशनलाई कुन बाटोतर्फ लैजान खोजेको रहस्यमय छ । ”
इञ्जा युरोपले विभिन्न देशका जनसम्पर्क समितिहरु, नेपाली काग्रेस केन्द्रिय कार्यालय, नेपाली कांग्रेस विदेश विभाग, नेपाली दुतावास, बर्लिन जर्मनीलाई वोधार्थ पठाउँदै पत्रकारप्रति राखिएको दुर्भावको र यस कार्यमा उत्रनेहरुको यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौ भनी माफी माग्न आग्रहसमेत गरेको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment