ईरानका नवनिर्वाचित राष्ट्रपति रईसीबारे विश्व समूदायको के अपेक्षा छ ?

डिसी नेपाल
७ असार २०७८ २०:०१

बीबीसी। ईरानका कट्टपन्थी नेता तथा देशका सर्वोच्च धार्मिक नेता अयातुल्लाह अली खामेनेईका निकट मानिने इब्राही रईसीले राष्ट्रपति चुनाव जितेका छन्। ईरानी न्यायापालिकाका प्रमुख रहेका रईसीको राजनीतिक विचारलाई अति कट्टरपन्थी मानिन्छ। र सम्भवतः यही कारण क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा ईरानको आगामी नीतिलाई लिएर अडकलवाजी शुरु भएको छ।

अरब सञ्चार माध्यमहरुले ईरानको भविष्यको नीतिलाई लिएर अडकल र अन्दाज गर्न शुरु गरिसकेका छन्। यसको एक ठूलो कारण रईसीको छी पनि हो। रईस िराष्ट्रपति बनेसँगै यो क्षेत्रमा ईरानको प्रभाव निकै बढेर जाने मानिएको छ। यसको एक कारण रईसी सत्तारुढ कट्टरपन्धी अभिजात वर्गसँग सम्बन्धित हुन् र देशका सर्वोच्च नेताका निकट पनि।

यसैबीच कैयौं लेखक र जानकारहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानको कट्टर शासन प्रणालीको पक्षमा नीति अपनाउने अपेक्षा गरेका छन्।

यसअघि नोभेम्बर २०१९ मा अमेरिकी विदेश मन्त्रालयले रईसीसमेत ८ अन्य व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकीले ती सबै आयतुल्लाह अली खामेनेईका निकै निकट रहेको र मानवअधिकार उल्लंघनमा सहभागी रहेको बताएको थियो।

तर रईसीले हालै भएको राष्ट्रपति चुनावमा जित हासिल गरेका छन्। ६२ प्रतिशत मतका साथ जित हात पारेका रईसी देशका १३ औं राष्ट्रपति बन्दैछन्। रईसीले यसै वर्ष अगस्टको शुरुमा शपथ ग्रहण गर्नेछन्। देशको घरेलु राजनीति र विदेशी मामिलामा उनको प्रभाव बढ्ने अनुमान गरिएको छ।

क्षेत्रीय प्रभाव बढ्ने

लेबनानको दैनिक समाचार पत्र अन्नाहार अल अरबीका फारेस खाशानले ईरानमा रईसी राष्ट्रपति बनेपछि यो क्षेत्रमा ईरानको प्रभाव बढ्ने अपेक्षा गरेका छन्। उनले लेखेका छन्, ‘ईरानका सर्वोच्च नेता खामेनेईले देशमा नक्कली लोकतन्त्रको औपचारिकतालाई आफ्नो नियन्त्रणमा लिन अन्तिम स्वरुप दिएका छन्। र रईसीलाई राष्ट्रपतिमा नियुक्त गरेका छन्।’ खाशानका अनुसार ईरानले इराकका प्रधानमन्त्री मुस्ताफा अल कादमीको सट्ट ईरानप्रति बफदार व्यक्ति सत्तामा ल्याउन चाहनेछ।

खायरल्लाह खायरल्लाहले लण्डनस्थित समाचार पत्र अल अरबमा लेखेका छन्, ‘यमनमा ईरानले सनामा एक नयाँ प्रणालीको आधारस्तम्भ राख्दैछ।’ उनले अगाडि लेखेका छन्, ‘ईरानले लेबनानको क्षेत्रमा जे गरेको छ, अब त्यहि यमनमा गरिरहेको छ। उसले लेबनानलाई पूर्णरुपमा परिवर्तन गर्ने दिशामा छ। यही कुरा इराकमा पनि लागू हुन्छ। जहाँ उ आफ्नो उपस्थिति देखाउन उताउलो देखिएको छ।’

रईसीसँग अपेक्षा

केही राजनीतिक जानकारहरुले ईरानका नयाँ राष्ट्रपति रईसीबाट क्षेत्र र संसारलाई कुन प्रकारको अपेक्षा छ भन्ने अनुमान लागएका छन्। अब्दाऊ खलले साऊदी ओकाजमा लेखेका छन्, ‘संसारले अब ईरानका नयाँ राष्ट्रपतिको पहिलो कदको प्रतिक्षा गरिरहेको छ वा उनको पहिलो कदमले गएका ४ वर्षहरुमा भएको नोक्सान ठिक पार्ने दिशामा हुनेछ वा फेरि त्यस्तो जसले ईरानको अवस्था झन खराब गर्नेछ।’

साऊदी सहयोगमा सञ्चालित लण्डनस्थित अल अवसातका अब्दुल्ला अल उताबीले भने, ‘यस क्षेत्रमा आगामी दिनहरु सबैभन्दा खराब अवस्था उत्पन्न हुनसक्छ।’ उनले अगाडि थपे, ‘भियना वार्ताको परिणाम ईरानमा शासतको क्रूरता र हिंसक गतिविधिहरुका साथै शक्ति सन्तुलमा परिवर्तनलाई बढाउने छ, जसले क्षेत्रमात्र होइन अन्तर्राष्ट्रिय स्तरमाा पनि गठबन्धन र वैश्विक सम्बन्धमा परिवर्तन देख्न पाइनेछ।’

उनले अमेरिकाप्रति ईरानका कट्टरपन्थीहरुको दृष्टिकोणबारे भने, ‘उनीहरु कडा विचार अपनाउने छन् र फेरि उनहिरु विस्तार प्रभावित पार्ने नीतिअनुसार अगाडि बढ्नेछन्।’ साऊदी ओकाजमा खालिख अल सुलेमान लेख्छन्, ‘ईरानका सबै राष्ट्रपति, थोरैधेरै एकै किसिमका र मात्र मुकुण्डो जस्तै हुन्।’ उनले भने, ‘खाडी देशहरुलाई निवर्तमान राष्ट्रपति हसन रुहानी वा उनीभन्दा पहिलाका सुधारवादी राष्ट्रपतिबाट पनि केही लाभ भएन, किनकी खाडी देशप्रति उनीहरुको आक्रामकता सँधै एकै प्रकारको रह्यो।’

कुनै परिवर्तनको अपेक्षा छैन

केही जानकारहरु आगामी अगस्टमा ईरानले नयाँ राष्ट्रपति पाए पनि यसबाट कुनै खास उपलब्धि हुने सम्भवना नरहेको बताउँछन्। उनीहरुले ईरानमा राष्ट्रपति देखाउने अनुहारमात्र भएको र खाश शक्ति खामेनेईसँग रहेको र उनैले सबै नियन्त्रण गर्ने तर्क गरेका छन्।

अमेरिका र ईरान सम्बन्धमा परिवर्तन आउला ?

अमेरिकासँगको ईरानको सम्बन्धलाई लिएर राष्ट्रपति पदमा नयाँ अनुहार आउनुलाई महत्वपूर्ण मानिएको छ। केही राजनीतिक जानकारहरुले ईरानका नयाँ राष्ट्रपतिप्रति अमेरिकी दृष्टिकोणले ईरानलाई फाइदा हुने बताएका छन्। मुख्यरुपमा परमाणु वार्ताका सम्बन्धमा। ईरान र पश्चिमी देशहरुबीच २०१५ मा एक परमाणु सम्झौता भएको थियो। त्यसपछि ईरानमाथि लगाइएका प्रतिबन्ध हटाइएको थियो।

तर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा अमेरिकलाई यो सम्झौताबाट अलग गर्दै फेरि आर्थिक नाकाबन्दी लगाए। नयाँ राष्ट्रपति जो बाइडेनको सरकारले फेरि सम्झौतामा समावेश हुने बाटो खोजिरहेको छ। अमेरिकाका मौजुदा राष्ट्रपति जो बाइडेनले नयाँ सम्झौतामा फिर्ता हुने इच्छा देखाएका छन्। हाल ईरान परमाणु सम्झौतालाई फेरि लागु गर्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा वार्ता जारी छ। तर हालसम्म यसको कुनै ठोस बाटो देखिएको छैन। ईरान चाहन्छ, उमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटोस।

तर अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिकनले ८ जुनमा ईरानमाथि लगाइएका केही प्रतिबन्ध जारी रहने बताएका थिए। हालै ईरानका सुप्रीम लिडरले पनि सबै उम्मेदवारहरुलाई अन्तर्राष्ट्रिय मुद्दाको सट्टा घरेलू विषयमा आफ्नो ध्यान केन्द्रित गर्न भनेका थिए। यस्तो अवस्थामा ईरानका नयाँ राष्ट्रपतिले परमाणु सम्झौतालाई लिएर के गर्छन् भन्ने यसै भन्न सकिने अवस्था छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *