लण्डनमा गोर्खा मेमोरियल गार्डेन निर्माण गरिने

डिसी नेपाल
२४ असार २०७८ २०:०४
144
Shares

लण्डन। लण्डनको वुलवीचस्थित सेन्ट जोर्जमा गोर्खा मेमोरियल गार्डेन निर्माण गरिने भएको छ। शनिबार ३ जुलाईका दिन सेन्ट जोर्जमा एक कार्यक्रम आयोजना गरी गार्डेन निर्माण गर्ने घोषणा गरिएको हो। कार्यक्रममा आरएचएस चेल्सी फूल शो गोल्ड मेडल विजेता जूलियट सर्जेन्टद्वारा डिजाइन गरिएको योजना प्रस्तुत गरिएको थियो।

उक्त स्थानमा रहेको चर्च वरपरको भूमिलाई रुपान्तरण गरी प्रतिबिम्ब, शिक्षा र सौन्दर्यका लागि ठाउँ बनाउने योजना रहेको छ। सो गार्डेनमा स्थानीय समूदायको सहभागिता र विश्व आगन्तुकको आकर्षण रहेको छ। आयोजनाको काम शुरु हुनु अघि अन्य काम सहित समिक्षा र कोषको डिजाइन तयार गरिने छ। कार्यक्रममा राष्ट्रमण्डल देश तथा गोर्खा समुदायका वरिष्ठ प्रतिनिधिहरू, उद्योग वाणिज्य तथा परोपकारी क्षेत्रका प्रमुख व्यक्तिहरू, उप लेफ्टिनेन्टहरू, हलिउड नायिका तथा अभियन्ता जोआना लुम्ली, ९५ वर्षीया जमैका अनुभवी सैनिक, ग्रीनविच काउन्सिलरहरूको सहभागीता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य बार्न्सले दिएका थिए। साथै निटखुट थिएटर कम्पनीद्वारा लिखित र प्रदर्शन गरिएको नाटक प्रस्तुत गरिएको थियो। यो टुक्राले दोस्रो विश्वयुद्ध भिसी पुरस्कार प्राप्त उमराव सिंहको कथा सुनाए। साथै जुलिएट सर्जेन्टले आफ्नो डिजाइन अवधारणा, दृश्य र सीएडी एनिमेसनको प्रस्तुति गरिन्। उक्त अवसरमा नायिका तथा अभियन्ता जोआना लुम्लीले गोर्खाहरुको सम्झनामा गोर्खा गार्डेन निर्मान गरिनु सरहनीय कार्य भएको बताइन्।

साथै कोरोना महामारीका बेला विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एक लाख बढीलाई निशुल्क खाना खुवाएर सहयोग गरेकोमा पानस रेष्टुरेन्ट परिवार र संचालक सुजन कट्वालको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै गार्डेन निर्माण लागत जुटाउन च्यारिटी संस्था हेल्पिङ हेन्डको पनि सहकार्य रहने कट्वालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *