कविता : सपनीमा देश रोइराख्या हुन्छ

डिसी नेपाल
२६ असार २०७८ ७:०५
144
Shares

हिजाे आज सपनीमा
देश रोइराख्या हुन्छ,
कर्णालीका दुःखी जनता
भोका भोकै मर्‍या हुन्छन्।

मधेसी र पहाडीको
झगडा हुँदा तराईमा,
चम्किरहेको हिमालले
निराश मान्दै हेर्‍या हुन्छ
कर्णालीको दुःखी जनता
भोक भोकै मर्‍या हुन्छन्।

मानवताको नाता बिर्सी
जातभातको कुरा गर्दा,
सभ्यताको समाजले
अन्तै डेरा सार्‍या हुन्छ
कर्णालीका दुःखी जनता,
भोक भोकै मर्‍या हुन्छन्,
हिजो आज सपनीमा
देश रोई राख्या हुन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *