कथा : मिस हर्कबहादुर उपाध्याय रसाइली

डिसी नेपाल
२६ असार २०७८ १०:०६
168
Shares

अन्तर्राष्ट्रिय उडानको चेकिङ काउन्टरबाट माइकिङ हुन थाल्यो–MS. H.B.U Rasaily  फल्गु एयरवेज उडान नं. 7151 टाइम 11:31 PM कृपया अविलम्व काउण्टरमा पुग्नु होला। H.B.U Rasaily।

पहिले रोकिँदै, एकछिन एकछिनमा माइकिङ हुन्थ्यो अब बारम्बार हुन थाल्यो । ध्वनि आतंक फैलिँदै गएपछि सहन नसकेर यात्रुहरु पनि विचलित हुन थाले।

एकपटक फेरि अर्को ढंगले माइकिङ थालियो। हाते माइक लिएर घुम्दै ठाउँठाउँबाट माइकिङ भयो–ज्।द्य।ग् च्बकबष्थि दोस्रो पटक बोलिसक्ता सक्तै एउटी वयस्क युवतीले अघि सरेर भनी जी मै हुँ H.B.U Rasaily।

ऊ चुरोटको कडा स्वास फ्याँकेर सामान्य स्थितिमा पुगी । अनि थपी, ‘हजुर मैले सुनेँ। ढिला भो क्षमा गर्नुहोला। सामान गुडाउने बास्केटले पनि काम गरेन।’

काउन्टरमा पुगेपछि उसले टिकट र पासपोर्ट पेश गर्दै भनी , ‘मिस घल्चा, सरी म लेट भएँ । त्यहाँ मेरो लगेज स्वीकार गर्नै मानेन। यहाँ उघ्रिन्छ यता फाट्छ सुरक्षित पुग्न सक्दैन भन्न थाल्यो र उसैले मेरो खर्चमा प्लाष्टिकले  र्‍याप गर्न लगायो। नयाँ ब्यागलाई पनि फाटेको देख्छ र बल गरेरे आफैँ उघार्न खोज्छ। मैले क्यै बुझ्न सकिन। त्यसैले पनि समय लियो । फेरि सरी।’

काउन्टरकी युवतीले पासपोर्ट र टिकट जोरेर बारम्बार रुजु गरी। पासपोर्ट अनुसार टिकट छ र टिकट अनुसार नै पासपोर्ट छ। फरक यति छ टिकटमा छोटो नाम छ MS. H.B.U Rasaily र पासपोर्टमा पूरा छः हर्कबहादुर उपाध्याय रसाइली।

काउन्टरकी युवतीले आपत्ति जनाएर भनी, ‘मिस रसाइली, यो नाम तपाईँसँग म्याच खाँदैन। त्यसैले म तपाईलाई उडान गर्ने अनुमति दिन सक्तिनँ।’

‘मिस घल्चा, मेरो उडानको समय भो । मैले यात्रा गर्नैपर्छ। म रोकिने कुनै कारण छैन। यो वहस गर्ने समय पनि हैन र ठाउँ पनि छैन। तपाईं आफ्नो अधिकार र योग्यताले मलाई यात्राको अनुमति दिनुपर्छ। म रोकिन्न।’

उसले एक पटक लामो सास तानेर छोडी र थपी, ‘मिस घल्चा तपाई मलाई किन रोक्न खोज्दै हुनुन्छ, म जान्दछु। अझै थप्छु म सही छु, तपाईंको धारणा वा सोच गलत छ। यदि मेरो विजिनेशमा घाटा लाग्यो भने त्यसको क्षतिपूर्ति कसले गर्छ?

यसपटक मिस घल्चा अलिकति गली। अनि आफ्नो अफिसरकहाँ पुगी। एकछिनपछि मिस रसाइलीलाई पनि बोलाए । वहस चल्योः
‘यो मेरो पासपोर्ट, यो मेरो फोटो, यो मेरो हस्ताक्षर यो मेरो ठेगाना। मान्छे मै हुँ । यहाँ ल्याएर अल्झाउनुको अर्थ के? कसैसँग बुझ्ने हो भने बुझ्नुहोुस्। मेरा मान्छेसँग बुझ्ने भए म फोन नं., इमेल दिन्छु।

मिस घल्चाको भनाइ हो—पासपोर्टको नाम र तपाईको व्यक्तित्वमा मेल खाँदैन।’

‘कस्तो नाम हुनुपर्थ्यो के गर्दा मेल खान्थ्यो? मेरो नामले मलाई असजिलो पार्दैन भने तपाईंले असजिलो मानेर अल्झाउनुको अर्थ के? तपाई आफ्ना अधिकारको प्रयोग गर्नुहोस् मलाई आपत्ति छैन तर अदालतको ठाउँ यो होइन शायद।’

अफिसरले भन्योः हर्कबहादुर यसले पुरुष जनाउँछ पासपोर्टमा फिमेल लेखेको छ। उपाध्याय उसले चुच्चे नाकवाला मान्छे जीव भन्ने जनाउँछ र त्यो पनि आर्य कोटिको उच्च। आयो रसाइली यो पनि आर्यकोटिको शरीर हो। तर तपाई नारी हुनुहुन्छ मंगोल अनुहारमा देखिनु हुन्छ। सार यति मात्रै हो। तपाईको नामसँग जाति, वर्ग, लिंग र बनोट मिल्दैछ।’

‘अनि ?’

‘त्यसैले हामीलाई डाउट भो। यो छल हो। यो क्लिअर नै नभई हामी उडानको अनुमति दिन सक्दैनाैं।’

‘मैले उड्न पाइन र मेरो विजिनेशमा घाटा भयो भने म तपाइबाट पूर्ति गराउँछु नि!’ उसले थपी, तपाइले मेरो डकुमेन्ट्स लिगल हो कि हैन त्यो हेर्नु भएन, मेरो नाम, शरीर र जाति हेर्न थाल्नुभो। कत्रो विडम्बना।’

एक पाइला पछि सरेर थपीः शायद दोष तपाईंको होइन। तपाईंले ल्याएको, थामेको विधानको हो। हामीलाई जुधाउन भिडाउन र असफल बनाउनकै लागि ओढेको होइन र यो विधान। तर तपाइले यो चाहिँ बुझ्न सक्नुभएन कि मैले पनि संविधानकै मर्मअनुसार नाम चयन गरेकी हुँ–साँस्कृतिक आक्रमण गरेर । भैगो।’

अफिसर र मिस घल्चा मिस रसाइलीको कुरा सुनिरहे।

उसले थपीः अब एउटा सहयोग गर्नुहोस् एउटा टिपोट दिनुहोस्। म होटलमा बस्छु। इन्टरनेशनल फ्लाइट भएन भने यात्रुले होटल सुविधा पाउँछन्। म सुविधा पाउनेमा पर्छु।’

आफ्नो पासपोर्ट र टिकटसँगै काउन्टरबाट चिठी बुझी र सामान घिसार्दै भनीः अब तपाईंहरु नै भन्नुहोस् त यो मुलुक कसले विगारेको हो। कसले नागरिकता बाँडेको हो र कसले प्राकृतिक स्रोत संपदा बेचेको हो ? प्रत्येक सन्धि र सम्झाैा आफ्नो देशलाई घुँडा टेकाउने को हो?

पछि अदालतले सामान्य कुरालाई असामान्य ढंगले बुझेर यात्रुलाई हरेस दिएको फ्लाइट रोकेको र यात्रुको विजिनेसमा घाटा पुर्‍याएकोमा अपराध करार गर्दै ५० हजारका दरले दण्ड र ५ लाखका दरले क्षतिपूर्तिको आदेश गर्‍यो। विधान सफल रहेको व्याख्या चल्यो।

व्यक्ति र स्थिति बुझ्न नचाहेर यात्रुलाई अल्झाउने नियत राखेको बुझेर एयरलाइन्सले पनि सेवामुक्त गरिदियो। सुनिन्छ मिस घल्चा र त्रिविक्रम सेन तीनधारे घाटतिर गाँजा तान्दै घुम्छन् र।

अलिकपछि ठमेल बजार दैनिकले रोचक समाचार शीर्षक दिएर कोठामा लेख्योः आफ्नै कारणले दण्ड जरिवाना भोगेका र जागिर हटाएको युवा र युवतीलाई एक व्यापारी महिलाले आफ्नो ड्राइभर र कार्यालयको सचिव राखेको समाचार छ।

स्मरणीय छ उनीहरु खाइपाई आएको बेतन पाउनेछन् र एक एक वटा कार पनि। किन्तु अर्कौ काम नपाउन्जेल दिइएको सहयोग–सुविधा मात्र हो। स्वेच्छाले काम खोजेर जानसक्ने अधिकार उनीहरुसँगै सुरक्षित छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *