परिवारको शक्ति बुझौं मित्रहरु, नत्र…
परिवार फुट्यो कि भाग्य फुट्यो। जति सुकै पैसा कमाए पनि, शिक्षा आर्जन गरे पनि या जतिसुकै ठूलो पद प्रतिष्ठा हासिल गरे पनि यदि उसको परिवार भावनात्मक रुपमा एक छैन, आपसमा प्रेमको बदला दुश्मनी छ भने ती सब उपलब्धीको के माने? केका लागि? के उपलब्धी? भनिन्छ नि ‘भाइ फुटे गवार लुटे’।
बाहिरी मान्छेहरुसितको सम्बन्ध औपचारिकताको मात्रै हो। प्रेमपूर्ण देखिने कुराहरु पनि देखावटी, क्षणिक र स्वार्थपरक हुन सक्छन् या त्यसको कुनै भर छैन।
परिवार भित्र जति सुकै घम्साघम्सी, वादविवाद, हानाहान नै भएपनि परिवार भनेको परिवार हो, परिवारभन्दा नजिक पराई हुनै सक्दैन। परिवार बिग्रनुमा धेरै जसो कारणमा पराईको उपस्थिति या परिवारमा उसलाई घुस्नदिने गल्तीले हुन्छ। बादबिवाद या लड्डीनै गरे पनि परिवारभित्रै सीमित हुनु पर्छ।
परिवार भित्र खटपटहरु हुनु, छलफल हुनु, बादबिवादहरु हुनु एकदमैं स्वभाविक कुरा हुन्। सबैका घरमा हुन्छ ओपन सेक्रेट भने जस्तै कुरा हो। भनिन्छ नि, सँगै सुते पछि खुट्टा लाग्छन्। अर्को भनाइ छ, लोग्ने स्वास्नीको झगडा परालको आगो।
परिवार भित्र जति सुकै घम्साघम्सी, वादविवाद, हानाहान नै भएपनि परिवार भनेको परिवार हो, परिवारभन्दा नजिक पराई हुनै सक्दैन। परिवार बिग्रनुमा धेरै जसो कारणमा पराईको उपस्थिति या परिवारमा उसलाई घुस्नदिने गल्तीले हुन्छ। बादबिवाद या लड्डीनै गरे पनि परिवारभित्रै सीमित हुनु पर्छ।
एक पटकको कुरा हो, एउटा जड्याहा लोग्नेलाई स्वास्नी पिटिरहेकै ठाउँमा मैले एक झापड लगाइ दिएँ। उनी त मेरो श्रीमान्लाई के भनेर हात हालिस् भनेर उल्टो मसँग आई लागिन्। यस्तो हुन्छ परिवार। यस्तो नहुने वित्तिकै परिवार टुटिहाल्छ।
जसरी राष्ट्रियतामा बाहिरी हस्तक्षेप या आक्रमण हुने बित्तिकै आपसमा लडिरहेका राजनीतिक पार्टीहरु पनि एक ठाउँमा आएर त्यसको सामना गर्छन् कतिपय मुलुकहरुमा।
मज्जाले रुन, दिल खोलेर हाँस्न, मनमा लागेको जस्ताको तस्तै भन्न, चित्त नबुझेको कुराको बिरोध गर्न र कहिलेकाहीँ लाप्पा खेल्न पनि पाइन्छ परिवारमा, नभए त केको परिवार? परिवारमा सबै कुरा निसंकोच भन्न पाउनु पर्याे र सबै कुरा पारदर्शी हुनु पर्याे। परिवार भित्र लुकिछिपि, जालझेल, षडयन्त्रजस्ता कुराहरु हुन सक्दैनन्।
यसको लागि परिवार के हो भनेर पहिला बुझेको हुनु पर्याे, प्रेम सम्वन्ध हुनु पर्याे र अनुशासन हुनु पर्याे। कहिलेकाहीँ असमझदारीहरु आउन सक्छन् र गल्तीहरु पनि हुन सक्छन् स्वभाविक कुरा हो। तर त्यस्ता कुराहरुलाई बेलैमा सुल्झाइहाल्नु पर्याे। गल्ती भएको भए सच्याउनु पर्याे र मिसअण्डरस्ट्याण्डिंग भए प्रष्ट हुनु पर्याे।
एक पटकको कुरा हो, एउटा जड्याहा लोग्नेलाई स्वास्नी पिटिरहेकै ठाउँमा मैले एक झापड लगाइ दिएँ। उनी त मेरो श्रीमान्लाई के भनेर हात हालिस् भनेर उल्टो मसँग आई लागिन्। यस्तो हुन्छ परिवार।
परिवारभित्र सबैका सबल तथा दुर्वल पक्षहरु सबैलाई थाहा हुन्छ। एक अर्काको आपसी सहयोग र समझदारीले भाग्यमानी परिवार बलियो हुन्छ। नराम्रा पक्षहरु परिवारभित्रै गोप्य रहन्छन् र राम्रो पारेर बाहिर देखाइन्छ या सच्याइन्छ। परिवार भित्र निश्चित अनुशासन हुन्छ र गोपनियता हुन्छ।
जवखुशीले या बाध्यताले यस्ता कुराहरुको पालना गर्न सकिँदैन र परिवारभित्रका कुराहरु बाहिरिन थाल्छन्, फेसवुकमा लेख्न थालिन्छ, युट्युवरलाई अन्तर्वार्ता दिन थालिन्छ अनि आफ्नैं विरुद्ध अरुसित साँठगाँठ गर्न थालिन्छ अनि हुने हो परिवारको बिग्रह।
प्रेम र सद्भाव विनाको परिवार परिवार नै हैन। त्यस्तो परिवारमा सँगै बस्नु भनेको सर्पसँगै एउटै घरमा बस्नु जस्तै हो। यदि साँच्चिकै त्यस्तो अवस्था हो र समाधान गर्ने सबै प्रयासहरु असफल भएका हुन् भने एकछिन पनि त्यस्तो खतरा मोलेर सँगै बस्नहुन्न।राम्रैसित आआफ्नो खुशीका लागि अलग हुन सकिन्छ। कुनै उपाय निकाल्न सकिन्छ। श्रीमान श्रीमतीहो भने पारपाचुके गर्न सकिन्छ। या गर्नु उपयुक्त हुन्छ।
प्रेम र सद्भाव विनाको परिवार परिवार नै हैन। त्यस्तो परिवारमा सँगै बस्नु भनेको सर्पसँगै एउटै घरमा बस्नु जस्तै हो। यदि साँच्चिकै त्यस्तो अवस्था हो र समाधान गर्ने सबै प्रयासहरु असफल भएका हुन् भने एकछिन पनि त्यस्तो खतरा मोलेर सँगै बस्नहुन्न।
परिवार भित्र छलफल, बादबिवाद यदि पारिवारिक हितका लागि छ भने र एक आपसमा मायाँ प्रेम, आदर सम्मान कायम छ भने ठिक छ यसलाई स्वभाविक रुपमा लिनु पर्छ। परिवारमा कसैलाई अन्याय भएको या कसैले त्यस्तो अनुभव गरेको हुन हुन्न।
केटा केटी र बुढाबुढीले आवश्यक हेरचाह पाएको हुनु पर्छ। औषधिउपचार, खानपान र शिक्षा दिक्षाको ब्यवस्था भएको हुनपर्छ र यसमा मुल जिम्मेवारी युवा पुस्ता या वीचको पुस्ता या काम गरिखाने पुस्ता या श्रीमान श्रीमतीको सामुहिक हो।
यी घर मुलीकै दायित्व हो कि घरमा क कसका के समस्याहरु छन्, मन मुटावहरु पनि छन् भने त्यसलाई सुन्ने र समाधान गर्ने। घर मुलीको यो नेतृत्वदायी जिम्मेवारी धेरै महत्वपूर्ण हुन्छ र यसलाई निर्वाह गर्न नसके जिन्दगी बेकार छ। परिवारको दुर्भाग्य हुन्छ।
यो परिवारको कुरो ब्यक्तिगत परिवारमा मात्रै नभएर एउटा राष्ट्र, समुदाय र संगठनहरुमा पनि लागू हुन्छ। अहिले नेपालमा राजनीतिक दलहरुको आन्तरिक समस्या या विग्रह पनि ठ्याक्कै यही कुरा हो। त्यसैले परिवार भन्दा ठूलो कुरो संसारमा केही छैन।







डिसी नेपाल








Facebook Comment