लघुकथा : प्रदुषित प्रेम

डिसी नेपाल
२ साउन २०७८ ११:०४
208
Shares

“लाज छैन तँलाई, अर्काकी स्वास्नी जिस्काउन, त्यो फेसबुकमा लेखेको शब्द के हो?” निराजनले उसलाई चिच्याउँदै, कराउँदै थियो। म सुनिरहेँ केही बोलिनँ। श्रीमतीको फेसबुक र म्यासेजमा ऊ भिजिसकेको थियो। जहाँको संवाद श्रीमती र श्रीमानको भन्दा फरक थिएन। विचरा! के गरोस्। उसले सोच्यो-“यो बुढी यसै पनि बटारिन्छे बरु त्यो नाठोलाई नै हप्काउँदा ठिक होला।”

बिहानै ऊ कार्यालयको कामले हिँड्यो। सधैँ यसरी नै बिहानै जाने गर्थो। घरमा बस्ने श्रीमतीलाई उसले शंकाको घेरामा राख्दै राखेन। एकदिन बिदा पारेर घुम्न जाने योजना निराजनले बनायो र श्रीमतीलाई प्रस्ताव राख्यो-“हामी कहाँ घुम्न जाने?” श्रीमतीले जवाफ दिई-“साली नदी जाऊँ है त।” उनीहरू साली नदी गए। आधा दिनसम्म त्यतै अलमलिए। फोटो खिचे, टिकटक बनाए। रमाइलो गरे।

नदीबाट फर्केर नजिकैको होटलमा नास्ता गर्न बसे। यसै बेला निराजनले फोटो हेर्ने बहानामा श्रीमतीको म्यासेन्जर खोलेर हेर्यो। श्रीमतीका बारेमा साथीले सुनाएको कुरा मेल खायो। उसले मनमनै सोच्यो- “किन आजकल मोबाइल साइलेन्समा हुन्छ, आफ्नो पासभन्दा बाहिर मोबाइल किन जाँदैन, सधैँ छोराले खेलाउने मोबाइल किन छोराले पाउँदैन, सिरानीमा हुने मोबाइल किन खल्तीमा लुक्छ, यी सबै आज थाहा पाएँ।” उसलाई पत्ता लगाउनु थियो यी सबैकुराहरू।

निराजनले त्यो व्यक्तिलाई फोन गरेर बोलायो। केही समयपछि ऊ आयो। छोरालाई घरमा आमासँग छोडेको थियो किनकि आमाबाबुको मनमुटाव र झगडाले बाल मानसमा असर नहोस् भनेर। दुबैलाई प्रश्न गर्यो- ” तिमीहरूको सम्बन्ध के हो,

समाज कता जाँदैछ आज, तिमीहरूलाई आफ्ना घरपरिवार, बालख छोराछोरीको चिन्ता छैन ?” यस्तै हजारौँ प्रश्न तेर्स्यायो अगाडि। दुबै चुपचाप भए। श्रीमतीको चन्द्रमुखी अनुहारमा ग्रहण लाग्यो।

निराजनले अन्तिमसम्म सम्झाउँदै भन्यो-” यो प्रदुषित प्रेमको किनारा लगाउने काम तिमीहरू आफैँ गर्नू।” ऊ जरुक्क उठ्यो र बाटो लाग्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *